माघ १ मा प्रचण्ड अर्घाखाँची आउदै

अन्य गृहपृष्ठ समाचार
0Shares

पुष ३ अर्घाखाँची । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८० को उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको हो ।

माघे सक्रान्तीको अवसर पारेर सन्धिखर्क टुडिखेलमा हुने विशेष समारोहको लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

अर्घाखाँचीमा रहेका धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि पत्रकार महासंघले अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्दैछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *