अर्घाखाँचीका सुनारले त्यागे दलीय आवद्धता

अन्य राजनीति
0Shares

हरिप्रसाद भुसाल /  भदौ १६, अर्घाखाँची

अर्घाखाँची जिल्लाका एक युवा नेताले दलीय आवद्धता त्याग गरेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य समेत रहेका दिनेश सुनारले पार्टी परित्याग गरेका हुन् ।

नेपालको राजनीतिक गलत बाटोमा लागेको बताउदै सुनारले पार्टीका कुनैपनि समिति तथा पार्टी सम्बद्ध कुनैपनि भातृसंस्थामा नरहेको घोषणा गरेका हुन् ।

बैकल्पिक पार्टी भनिएकाहरु पनि व्यक्तिवादमा चुर्लुम्म फसेको सुनारको आरोप छ । “बिशेषगरी बैकल्पिक शक्तिहरुबाट मलाई केही अपेक्षा थियो” सुनारले भने “तर बैकल्पिक भनिएकाहरुपनि परिवारवाद र व्यक्तिवाद भन्दा माथी उठेको देखिएन ।”

जसपा निकट प्रेस मन्च नेपालको केन्द्रीय सदस्य समेत रहेका सुनारले ठिक दल नभेटिएसम्मको लागि दलीय आवद्धता त्यागेको समेत उल्लेख गरेका छन् । सुनारले भनेका छन् “बिगतको समयमा कुनै आस्था वा विचार संग जोडिएको भएपनी अबको समय मेरो बुझाईमा सेवामुखी दल वा मुलुकको कार्यन्वयन हुन नसकेको व्यवस्था र देशको अवस्था परिवर्तनको मुद्दा संग व्यवहारिक संघर्षमा जुट्ने यात्रा भेटिएमा सेवाको यात्रा संस्थागत पनि हुने छ ।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *