शैक्षिक गुणस्तर सुधार्न स्कूलमा टाईम कार्ड, अव विद्यार्थीले गर्नेछन शिक्षकको हाजिरी

समाचार
0Shares

अर्घाखाँची फागुन १८ । विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुको हाजिरी गरेको त हामी सवैले देखेको अनि भोगेकै कुरा हो । तर के तपाईले विद्यार्थीले शिक्षकहरुको हाजिरी गरेको सुन्नु भएको छ ?

कतिपयले सुन्नुभएको भएपनि धेरैको लागि यो नौलो कुरा नै हो । अघाखाँची जिल्लाका एक वडा अध्यक्षले शैक्षिक गुणस्तर सुधार्नको लागि आफ्नो सेवा क्षेत्रका विद्यालयमा नौलो अभ्यास सुरु गरेका छन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफ्नै खर्चमा विद्यालयहरुमा टाइमकार्ड लागु गराएका छन् । लम्चीमा रहेको लम्ची आधारभूत विद्यालय र नुवाकोटमा रहेको यशोधारा आधारभूत विद्यालयमा टाइम कार्ड लागु गरिएको श्रेष्ठले बताए ।

जसअनुसार हरेक कक्षा कोठामा एउटा रजिष्टर र घडीको व्यवस्था गरिनेछ । कक्षाका मनिटरले हरेक शिक्षकहरु कक्षाकोठामा प्रवेश गरेको र निस्किएको हाजिरी गर्नेछन् । यसको नियमित अनुगमन आफुले गर्ने श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कक्षाकोठामा शिक्षकले उचित समय नदिएको गुनासो बढेपछि टाइमकार्ड लागु गरिएको हो । “कार्यक्रम कति प्रभावकारी हुन्छ हेर्न बाँकी छ” श्रेष्ठले भने “कमसेकम आज म ढिला कक्षामा आएँ अगाडी हाजिर चढाइदिनु है भनेर शिक्षकले विद्यार्थीलाई त भन्न नसक्लान नी ।”

पहिलो चरणमा दुई विद्यालयको लागि हरेक कक्षाको लागि पुग्नेगरी वडा अध्यक्ष श्रेष्ठले घडी र रजिष्टर आफ्नै खर्चमा व्यवस्था व्यवस्थापन गरिदिएका छन् । यसको प्रभावकारीता हेरेर सवै विद्यालयमा पुर्याउने श्रेष्ठको योजना छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *