राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न, चैत्र १७ गते काठमाडौं सम्पर्क बिभाग को भेला गरिने

राजनीति समाचार
0Shares

सागर मरासिनी , सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची को बैठक सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले यही चैत्र १७ गते काठमाण्डौमा अर्घाखाँची काठमाण्डौ सम्पर्क विभागको भेला गर्ने निर्णय गरेको छ । जिल्ला संयोजक हरिप्रसाद भुसालका अनुसार भेलाले ११ सदस्यीय कार्य समितिको समेत गठन गर्नेछ ।

जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले यही चैत्र ९ गते सन्धिखर्कमा विस्तृत बैठक बस्ने निर्णय समेत गरेको छ । वैठकमा क्षेत्री समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका पदाधिकारी, जिल्लाबाट प्रदेश विभागमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सम्पर्क विभागका प्रमुखहरु तथा वडा समितिका सभापतिहरु समेत सहभागी बन्ने भुसालले जानकारी दिनुभयो ।

जिल्ला सभापति हरि प्रसाद भुसाल सहित उपसंयोजक दिनेश सुनार, क्षेत्रीय सभापति कमल मरासिनी, सन्धिखर्क नगर सभापति प्रकाश चन्द्र आचार्य, सचिव नारायण गौतम, भुमिकास्थान नगर सभापती चिरन पन्थी, सन्धिखर्क नगर सदस्य पिताम्वर सेजवाल, भमिकास्थान ९का वडा सदस्य सन्तोषी भारती, पत्रकार सागर मरासिनी लगायत उपस्थित बैठकले पार्टी कार्यालय संचालनका सम्वन्धमा समेत महत्वपूर्ण निर्णय लिएको छ ।

वैठकले अर्घाखाँची जिल्लामा देखिएको चुनढुंगाको समस्या र किर्ते कागजातको विषयमा सुक्ष्म अध्ययन गर्ने निर्णय समेत गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *