इलाम २ मा रास्वपाको उम्मेदवार को ?

राजनीति समाचार
0Shares

निर्वाचन मिति घोषणा भएदेखि नै केन्द्रदेखिका नेताहरूले इलाम–२ को उम्मेदवार चयनको तयारीदेखि जनभावना बुझ्ने कार्यसम्मलाई तीव्रता दिएका छन्।

पार्टी सहमहामन्त्रीसमेत रहेका नेता कवीन्द्र बुर्लाकोटीलाई रास्वपाले निर्वाचन कमान्डर बनाएको छ। उनी केही सातादेखि इलाम धाइरहेका छन्।

पछिल्ला दिनमा उम्मेदवारबारे जनभावना संकलन गरिरहेका बुर्लाकोटीले पार्टी केन्द्रमा त्यहाँको वस्तुस्थितिबारे जानकारी गराइरहेको एक नेताले बताए।

ती नेताका अुनसार, आगामी चैत १० गतेभित्र उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी छ। यसपटक आन्तरिक चुनाव नगरी सर्वसम्मतिमा नै उम्मेदवारको नाम टुंगो लगाउने प्रयास भइरहेको उनको भनाइ छ।

‘हामी धेरै नाम आएको खण्डमा प्राइमरी इलेक्सनमार्फत नै उम्मेदवार तय गर्छौं,’ ती नेताले भने, ‘तर यसपटक सर्वसम्मतिको प्रयास भइरहेको छ।’

सुरुमा रास्वपाले यहाँ रमेश प्रसाईंलाई उम्मेदवार बनाएर पठाउने तयारी गरेको थियो। तर, जनस्तरबाट सकारात्मक प्रतिक्रिया नआएको र ०८४ को निर्वाचनका लागि सोच्ने भन्दै प्रसाईंलाई यसपटक नउठाउने सोचमा रास्वपा नेतृत्व छ।

ती नेताका अनुसार शुक्रबार साँझसम्म कम्तीमा ५ जना आकांक्षीले पत्र पठाएका छन्। तर, रास्वपाले जनजाति समुदाय र इलामकै भावना बुझेको योग्य मान्छे खोजिरहेको अर्का एक नेता बताउँछन्।

यहाँ महेन्द्र थापा, धर्म गौतम, विष्णु काफ्ले लगायतका नाम चर्चामा छ।

यद्यपि पहिचानवादी समेतको भोट तान्ने गरी सोही समुदायको उम्मेदवार बनाउने रास्वपाको तयारी छ।

२०७९ को आमनिर्वाचनमा यस क्षेत्रबाट रास्वपाले १ हजार ३ सय ८० मत पाएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *