सन नेपाल लाईफ ईन्स्याेरेन्सद्वारा अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री सहयाेग

अन्य जीवनशैली शिक्षा/स्वास्थ्य
0Shares

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची

सन नेपाल लाईफ ईन्स्याेरेन्स अर्घाखाँची शाखाले अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

कम्पनीकाे वार्षिकोत्सबकाे अवसरमा जिल्ला अस्पतालमा वाटर डिस्पेन्सरी सहित बिरामीहरुलाई फलफुल समेत वितरण गरिएकाे हाे ।

कम्पनिकाे ५ ओैँ स्थापना दिवसकाे अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, कम्पनीका शाखा प्रमुख मिना बस्याल सहित कम्पनिका कर्मचारी तथा अभिकर्ताहरुले फलफुल वितरण गरेका हुन् ।

देशभर १६५ शाखा रहेकाे कम्पनीले अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा शाखा सहित विभिन्न ठाउँहरुमा उपशाखाहरु समेत संचालन गरिरहेकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *