डेण्टल हाइजेनिष्ट एशोसियसनको केन्द्रीय अध्यक्षमा अर्घाखाँचीका भुसाल निर्वाचित

शिक्षा/स्वास्थ्य समाचार
0Shares

मुख स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको सातौं राष्ट्रिय महाधिबेशनबाट अर्घाखाँचीका अमृत भुसाल केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्गला घर भई हाल बुटवलमा आधुनिक समाज डेन्टल केयर सन्चालन गरिरहेका भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित अध्यक्ष भुसालले आधुनिक दन्त चिकित्सा आम जनताको पहुँच सम्म पुग्नेगरि गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्न नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसन प्रतिबद्ध रहेको बताए ।

“आधुनिक दन्त चिकित्सामा डेन्टल हाइजेनिस्टको अपरिहार्यता” भन्ने नाराका साथ शनिबार इटहरीमा सम्पन्न ७ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्ष केशव रिमाल, उपाध्यक्षमा शिव कुमार महतो, महासचिव पिताम्बर गिरी, सचिव उमेश महतो ,कोषाध्यक्ष दिलराम श्रेष्ठ, सह कोषाध्यक्ष दिलिप कुमार यादव त्यसैगरी सदस्यहरुमा पंकज शाह, सुर्य बहादुर तामाङ, अमित कुमार मगर, बिशाल बम शाही टंक विश्वकर्मा र जगन्नाथ यादव निर्वाचित भएका छन् ।

अधिवेशनमा सातै प्रदेशका प्रतिनिधी एवं पर्यवेक्षकको उपस्थिती रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *