नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ अर्घाखाँचीले टुंग्यो प्रस्तावित उम्मेदवारको सूची

राजनीति समाचार
0Shares

हरिप्रसाद भुसाल / भदौ १५, अर्घाखाँची

नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय समिति अर्घाखाँचीले प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस गर्ने उम्मेदवारको नामावली टुंगो लगाएको छ ।

क्षेत्रीय सभापति हेमन्त बेल्वासेको अध्यक्षतामा सन्धिखर्कमा आज सम्पन्न कार्य समितिको बैठकले प्रस्तावित नाममा सहमती जुटाएको हो ।

वैठकले संघमा प्रत्यक्षतर्फ ६ जना, संघको समानुपातिकमा ४ जना सिफारिस गरेको छ । त्यस्तै प्रदेशको समानुपातिक तर्फ १० जना, प्रदेशको प्रत्यक्षतर्फ ९ जनाको नाम सिफरिस गरेको छ ।

त्यस्तै प्रदेश जनजाती समानुपातिक तर्फ अल्पसंख्यक मुस्लिमबाट १ जना र दलीतबाट एकजनाको नाम सिफारिस गरीएको क्षेत्रीय सचिव सुरज रायमाझीले जानकारी दिनुभयो ।

प्रस्तावित नाम संघ, प्रदेश तथा जिल्ला समितिमा पठाईने क्षेत्रीय सभापती हेमन्त बेल्वासेले जानकारी दिनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *