कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम, ५१ जनाले गरे रक्तदान

शिक्षा/स्वास्थ्य समाचार
0Shares

हरिप्रसाद भुसाल / भदाै २०, अर्घाखाँची

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

निजामति सेवा दिवस २०७९ काे अवसरमा विभिन्न कार्यक्रमहरु आयाेजना गरिरहेकाे  मिलनकेन्द्रले आज उत्साहजनक रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

सन्धिखर्क १ मा रहेकाे कर्मचारी मिलन केन्द्रकाे कार्यालय अगाडि गरिएकाे रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरे सहित कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका हुन् ।

केन्द्रले दिवसकाे पुर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधि बिच मैत्रीपुर्ण भलिवल प्रतियाेगिता, चेस प्रतियाेगिता लगायतका खेलहरु संचालन गरिरहेकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *