प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउदै, यस्तो छ प्रधानमन्त्रीको दिनभरको कार्यक्रम

समाचार
0Shares

माघ १ अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अर्घाखाँची आउदै हुनुहुन्छ । प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड पहिलोपटक अर्घाखाँची आउन लाग्नुभएको हो ।

नेपाल पत्रकार महासंघले आजबाट शुरु गर्ने पर्यटन प्रवद्धन कार्यक्रमको शुभारम्भको लागि प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउन लाग्नुभएको हो ।

के छ प्रधामन्त्रीको दिनभरको कार्यक्रम ?

प्रधानमन्त्री प्रचण्ड सहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे काठमाण्डौबाट अर्घाखाँचीका लागि प्रस्थान गर्नेछ । अर्घाखाँची सदरमुकाममा रहेको इश्वरी बक्स गुल्मको हेलिप्याडमा करीव ११ बजेको आसपासमा प्रधानमन्त्री सहितको हेलिकप्टर ल्यान्ड हुने तयारी छ ।

अर्घाखाँची उत्रिइसकेपछि प्रधानमन्त्रीलाई सिधै जिल्ला समन्वय समितिमा पुग्नुहुनेछ जहाँ करीव २० मिनेट प्रधानमन्त्रीले जिल्लाका शिर्ष व्यक्तित्वहरुसंग भेटघाट गर्नुहुनेछ । उक्त भेटपछि प्रधानमन्त्री सिधै कार्यक्रम स्थलमा पुग्नुहुनेछ ।

कार्यक्रमस्थलमा करीव १ घण्टा विताएपछि प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रले आयोजना गरेको भेटघाट कार्यक्रममा समेत सम्वोधन गर्ने जनाइएको छ । यी सवै सकेर प्रधानमन्त्री सहितको टोली दिनको १ बजे काठमाण्डौ प्रस्थान गर्नुहुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *