अर्घाखाँचीमा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गरिने

अन्य शिक्षा/स्वास्थ्य समाचार
0Shares

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची

सदरमुकाम सन्धिखर्क बजार क्षत्रमा भुस्याहा कुकुरकाे विगविगी भएपछि यसकाे नियन्त्रण गर्न स्थाइ बन्ध्याकरण गरिने भएकाे छ ।

बजारक्षत्रमा रहेका भुस्याहा कुकुरका कारण विहान क्यापस जाने बिद्यार्थी सहित बालबालिका समेत जाेखिममा परेपछि सन्धिखर्क नगरपालिका बन्ध्याकरण गर्ने निष्कर्षमा पुगेकाे हाे ।

सन्धिखर्क नगरपालिकाकाे वडा नं १ र २ सहित वडा नं ७ काे फुदवाङ सहित वडा नं १० काे विहार बजारमा रहेका करीव १२० कुकुरलाई वन्ध्याकरण गरिने नगरपालिकाले जनाएकाे छ ।

सन्धिखर्कमा बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर संचालन गरि दक्ष चिकित्सकहरुबाट कुकुरहरुकाे बन्ध्याकरण गरिने र यसकाे लागि बाेलपत्र प्रकृया अगाडि बढाईसकिएकाे बताईएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *