अर्घाखाँचीमा भिरबाट लडेर पुरुषको मृत्यु

अन्य गृहपृष्ठ समाचार
0Shares

अर्घाखाँची, मंसिर १४ गते । भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आज दिउसो आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लड्नु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिनुभयो ।

मृतकको शव आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । मृतक विकको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *