अर्घाखाँचीमा टिप्पर दुर्घटना, एकजनाकाे मृत्यु, दुईजना घाईते

अन्य समाचार
0Shares

गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब ९ः४५ बजे अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा टिपर चालक सन्धीखर्क नगरपालिका–८ खाँचीका २६ वर्षीय रामलाल पुरी रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिए । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धीखर्क नगरपालिका–७ का ३३ वर्षीय रिषभ केसी र सितगंगा नगरपालिका–२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई राति नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रेफर गरिएको थियो । दुर्घटनाग्रस्तटिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *