ज्ञानेन्द्र शाहीमाथी भट्टको अशोभनिय टिप्पणी : जुम्लाको टपरटुईयाले भ्रष्टाचारको विरोध गर्ने ?

राजनीति समाचार
0Shares

२०, जेठ २०८० । राष्टिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र शाहीलाई अशोभनिय टिप्पणी गरेका छन् ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको विरोधसभामा बोल्दै नेता भट्टले राप्रपाका प्रवक्ता समेत रहेका शाहीलाई टपरटुईया भन्दै अशोभनिय टिप्पणी गरेका हुन् ।

संसदमा भ्रष्टाचार तथा अनियमितताको विरोधमा आवाज बुलन्द गरिरहेका शाहीलाई नेता भट्टले बाउको सम्पत्ती कति हो भन्ने प्रश्न गरेका थिए । तिम्रो कार किन्ने हैसियत हो ? त्यो कार कहाँबाट आयो ? नेता भट्टले शाही क्रसर व्यवसायीले दिएको समेत दावी गरेका थिए ।

नेता भट्टले शाहीलाई काँग्रेस नेता प्रदीप गिरीको भाषण चोरेर भाषण गरेको समेत आरोप लगाएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *