माघ १ मा प्रचण्ड अर्घाखाँची आउदै

पुष ३ अर्घाखाँची । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८० को उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको हो । माघे सक्रान्तीको अवसर पारेर सन्धिखर्क टुडिखेलमा हुने विशेष समारोहको लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको […]

पुरा पढ्नुहोस्

टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालतकाे आदेश

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो । बालकृष्ण खाणकाे विषयमा भने दुई […]

पुरा पढ्नुहोस्

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको […]

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा भिरबाट लडेर पुरुषको मृत्यु

अर्घाखाँची, मंसिर १४ गते । भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आज दिउसो आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लड्नु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा साँझ उहाँको मृत्यु भएको जिल्ला […]

पुरा पढ्नुहोस्

सुपा देउराली मन्दिरले भेटीबाट सङ्कलित १ लाख ५१ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने

अर्घाखाँची – अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप […]

पुरा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै आदेश आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दायर पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा जारी सुनुवाइअन्तर्गत सरकारी वकिलको बहस सकिएको छ । सरकारी पक्षबाट बुधबार चार जना सरकारी वकिलले बहस गरे । बुधबार सरकारी वकिल सहन्याधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरे । […]

पुरा पढ्नुहोस्

भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

जाजरकोट — कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो । निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका […]

पुरा पढ्नुहोस्

हिमाली जिल्लामा हिमपातको सम्भावना

हाल देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको उत्तर प्रदेशबाट बादल नेपालको लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशमा आइरहेको महाशाखाले जनाएको छ । उक्त प्रणालीले आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली जिल्लाहरूमा हिमपातको सम्भावना रहेको छ । […]

पुरा पढ्नुहोस्

त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

रुकुमपश्चिम, मङ्सिर १३ गते । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै […]

पुरा पढ्नुहोस्

रुस-युक्रेन द्वन्द : भाईटिकाकै दिन मारिएका थिए तीन नेपाली

१३ मंसिर, काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान […]

पुरा पढ्नुहोस्